काठमाडौं । एमालेले निष्काशित नेता भीम रावलको ‘मातृभूमि जागरण अभियान’ मा संलग्न रहेको आरोपमा सुदुरपश्चिमका थप ५ नेतामाथि कारबाही गरेको छ । एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय बैठकले सल्लाहकार परिषद् सदस्य लालबहादुर खड्कासहित ५ नेतालाई निष्कासित गरेको हो । एमाले प्रदेश सचिव रणबहादुर चन्दले विज्ञप्ति जारी गर्दै पार्टी विधानको धारा ८१ को उपधारा (१) बमोजिम…