काठमाडौं । रास्वपाका नवनिर्वाचित सांसद राजु पाण्डेले आफ्नो पार्टीको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार वरिष्ठ नेता बालेन्द्र शाह नै भएको स्पष्ट पारेका छन् । मङ्गलबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद पाण्डेले प्रधानमन्त्रीको उम्मेदवारबारे बाहिर चलेका हल्लाहरू पूर्ण रूपमा हावादारी र खुरापाती भएको भन्दै त्यस्ता भ्रममा नपर्न आग्रह गरेका हुन् । उनले पार्टीको यस निर्णयमा कुनै पनि तहका पदाधिकारीलाई…