काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई देशकै जाली, झेली, कपटी र बेइमानीकाे संज्ञा दिएका छन् । सोमबार प्रधानमन्त्री ओलीकै गृहजिल्ला समेत रहेको झापामा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले यस्ताे गम्भीर आरोप लगाएका हुन् । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘अहिलेका प्रधानमन्त्री देशको जाली, झेली, कपटी, बेइमानी…