रवीन्द्रको बन्दीप्रत्यक्षीकरणको मुद्दा न्यायाधीश पोखरेलको इजलासमा

काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई रिहा गर्नुपर्ने रिट निवेदन माथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ । बुधबार सर्वोच्च अदालतले निवेदनको सुनुवाइको लागि न्यायाधीश सुनिल पोखरेलको इजलास तोकेको छ । प्रारम्भिक सुनुवाइ पछि अदालतले उनलाई थुनुवामा राख्नुपर्ने कारण पेस गर्न सरकार र गृह प्रशासनलाई आदेश दिन सक्नेछ । मिश्रकी पत्नि सारिका कार्कीले…