त्रिभुवन विमानस्थल आसपासको ट्राफिक अस्तव्यस्त

काठमाडौं । आइतबार काठमाडौंको सवारी आवागमन अस्तव्यस्त बनेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आउन लागेपछि समर्थकहरु उनको स्वागतमा विमानस्थल पुगेकाले ट्राफिक अस्तव्यस्त बनेकाे हाे । राजाबादीहरुले बाक्लो संख्यामा विमानस्थलको गोल्डेन गेट अगाडि प्रदर्शन गरेपछि सवारी आवागमन अस्तव्यस्त बनेको हो । प्रदर्शनले चाबहिलदेखि तीनकुनेसम्मको सडक अस्तव्यस्त बनेको ट्राफिक प्रहरीले बताएको छ ।…