राष्ट्रियसभाः कर्मचारीमाथि दुर्व्यवहार भएकामा आपत्ति

काठमाडौं । राष्ट्रसेवक कर्मचारीमाथि स्थानीय तहका जनप्रतिनिधिबाट भौतिक आक्रमण तथा दुर्व्यवहारका घटना बढेकामा राष्ट्रियसभाका सांसदहरुले आपत्ति जनाएका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले कर्मचारीहरु जनप्रतिनिधिबाटै असुरक्षित हुनु गम्भीर चिन्ताको विषय भएको बताए । सांसद पदमबहादुर परियारले तनहुँको बन्दीपुर गाउँपालिका –६ का जनप्रतिनिधिले कर्मचारीलाई आक्रमण गरेकामा आपत्ति जनाउँदै छानबिनको माग गरे । अर्का सांसद…