निजामती सेवा विधेयकमाथि राज्य व्यवस्था समितिमा छलफल जारी

काठमाडौं । निजामती सेवासम्बन्धी विधेयकमाथि राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल जारी छ । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडू नेतृत्वको उपसमितिले गत चैत २० मा आफ्नो प्रतिवेदन मूल समितिलाई बुझाएको थियो । त्यसको १७ दिनपछि मूल समितिले विधेयकमाथि छलफल सुरु गरेको हो । उपसमितिले तयार पारेको प्रतिवेदनमाथि छलफल अगाडि नबढेको भनेर कर्मचारीहरूले सार्वजनिक रूपमा समेत…