काठमाडौं । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा ६५ वर्षे उमेरहद कायमै राख्न आदेश दिएको छ । मंगलबार न्यायाधीश नित्यानन्द पाण्डेको एकल इजलासले राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि ६५ वर्षे उमेरहद नहटाउन अल्पकालीन अन्तरिम आदेश दिएको हो । गभर्नर नियुक्तिमा उमेरहदसम्बन्धी मापदण्डलाई संशोधन गरी सरकारले हटाएको भन्दै अधिवक्ता अनन्दराज लुँइटेल, विकास भट्टराई, रामकृष्ण बञ्जारा…