काठमाडौं । प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेका सांसद रघुजी पन्त र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीबीच वादविवाद भएको छ । पन्तले विशेष समय लिएर बोल्दै गर्दा शाहीले उठेर विरोध जनाएपछि सभामुखले हस्तक्षेप गर्नुपरेकाे थियाे । सांसद पन्तले राजसंस्थाको बारेमा बोलिरहेका थिए । उनले राजाहरूले गरेका गल्तीहरूका बारेमा बोल्दा राप्रपा सांसद शाहीले आपत्ति जनाएपछि भनाभन…