काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध नभएको भए नेपाली समाज अहिले पनि सामन्ती शोषण र उत्पीडनमै हुने थियो भन्ने दाबी गरेका छन् । ३०औं जनयुद्ध दिवसका अवसरमा बिहीबार एक भिडियो सन्देश जारी गर्दै उनले राजतन्त्रको अन्त्य गरी राज्यलाई समावेशी चरित्रमा बदल्ने तथा सिंहदरबारमा केन्द्रित राज्य शक्तिलाई गाउँगाउँमा पु-याउने कामको जस जनयुद्धलाई…