काठमाडौँ । शुक्रबार टुकुचा खोलामाथिको सडक भ्वाङ परेपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले टुकुचा खोलामाथि अझै केही घरहरु रहेकोले हटाउनु पर्ने बताएका छन् । मेयर शाहले टुकुचा खोलाको क्षेत्राधिकारभित्रका व्यक्ति विशेषका नाममा त्रुटिवश हुन गएको जग्गा कानुन बमोजिम लगत कट्टा गर्नका लागि सम्बन्धित मन्त्रालयमा पत्र पठाइसकिएको बताएका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर शाहले…