सर्वोच्च अदालतमा ‘संवैधानिक इजलास पोर्टल’ शुरू

काठमाडौं । सर्वोच्च अदालतले संवैधानिक इजलासका काम कारबाहीलाई थप पारदर्शी, उत्तरदायी र प्रभावकारी बनाउने उद्देश्यले ‘संवैधानिक इजलास पोर्टल’ को शुभारम्भ गरेको छ । पोर्टलको उद्घाटन गर्दै कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले संवैधानिक इजलासलाई थप सुदृढ र पारदर्शी बनाउन महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले न्यायपालिकामा रहेका पुराना मुद्दाहरूको फर्छ्याेटलाई प्राथमिकतामा राखिएको बताए । उहाँकाअनुसार संवैधानिक इजलासमा…