टोकियो । जापानमा नौ जनाको हत्या गरेको आरोपमा दोषी ठहर भएका एक पुरुषलाई मृत्युदण्ड दिइएको छ । २०१७ मा टोकियोस्थित आफ्नै अपार्टमेन्टमा नौ जनाको हत्या गरी शव टुक्राटुक्रा पारेको अभियोगमा ताकाहिरो शिराइशी ऊर्फ ‘ट्विटर किलर’ दोषी ठहरिएका थिए । घटनाको समयमा उनी ३० वर्षका थिए । शुक्रबार उनलाई फाँसी दिइएको जापानको न्याय मन्त्रालयले जनाएको छ…