काठमाडौं । बंगलादेशको अन्तरिम सरकारले अवामी लिगका सबै गतिविधिहरूमा प्रतिबन्ध लगाएको छ । यो प्रतिबन्धमा अवामी लिगको अनलाइन प्लेटफर्महरूमा हुने गतिविधिहरू पनि समावेश रहेका बीबीसीले जनाएको छ । अन्तरिम सरकारले हिजो बोलाएको सल्लाहकार परिषद्को विशेष बैठकमा पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगलाई प्रतिबन्ध लगाउने निर्णय भएको हो । यस्तै बैठकले अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरण ऐनमा संशोधन…