बेइजिङ । चीनले आगामी साता स्टकहोममा हुने व्यापार वार्तामा संयुक्त राज्य अमेरिकासँग ‘समन्वयलाई सुदृढ’ बनाउने प्रयास गर्ने बुधबार जनाएको छ । वासिङ्टन र बेइजिङले यस वर्षको सुरुमा एकअर्काको निर्यातमा बढ्दो, प्रतिशोधात्मक कर लगाउने घोषणा गरेका थिए । प्रतिशोधात्मक करको वृद्धि तीन अङ्कमा पुगेपछि सम्झौताको वातावरण बनाउन भन्दै दुबै पछि हटेका थिए । त्यसअघि विवाद चुलिँदै…