सजाय पाउनेबित्तिकै विदेशी अपराधीलाई डिपोर्ट गर्दै छ बेलायत

लन्डन । बेलायतले विदेशी अपराधीहरूमाथि कठोरता बढाउँदै ‘डिपोर्ट नाउ अपील लेटर’ योजनाको दायरा तीन गुणा बढाएको छ । यसमा सजाय पाएपछि अपील गर्नुअघि नै अपराधीहरूलाई देशबाट बाहिर पठाइनेछ । आफ्नो अध्यागमन प्रणालीको दुरुपयोग रोक्न र सुरक्षा बलियो बनाउन यो कदम चालिएको बेलायतले बताएको छ । बेलायतको गृह मन्त्रालयका अनुसार पहिले यो योजना केवल ८ देशहरूमा…