तेहरान । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी आणविक स्थलहरूमा आक्रमणको प्रभावलाई ‘अतिरञ्जित’ गरेको दाबी गर्दै अमेरिकी सैन्य अड्डाहरूलाई फेरि निशाना बनाउने धम्की दिनुभएको टाइम्स अफ इजरायलले रिपोर्ट गरेको छ । बिहीबार टेलिभिजन भाषणमा खामेनीले इजरायलले सुरु गरेको १२ दिने हवाई युद्धमा इरानको विजय भएको र अमेरिकालाई ‘गम्भीर थप्पड’ लगाएको…