जापानमा आगलागीमा परेर ८ जनाको मृत्यु

टोकियो । जापानमा शनिबार आगलागीमा परेर आठ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । टोकियोको दक्षिणी भागमा रहेको योकोसुकामा रहेको दुई तले घरमा बिहान आगलागी भएपछि ९२ वर्षीय पुरुष र उनकी ८९ वर्षीया श्रीमतीको मृत्यु भएको क्योडो न्यूजले जनाएको छ । सोही सहरको दुई तले अपार्टमेन्टमा आगलागी हुँदा ६८ वर्षीया महिलाको मृत्यु भएको छ…