गाजामा १५ जना स्वास्थ्यकर्मी मारिएको घटनामा इजरायलले गल्ती स्वीकार्‍याे

काठमाडौं । इजरायलले गाजामा १५ जना मेडिकल स्टाफ मारिएको घटनामा आफ्नो सेनाबाट गल्ती स्वीकार गरेको छ । इजरायलले गएको मार्च २३ मा दक्षिणी गाजामा १५ जना आपत्कालीन कामदारहरूको हत्यामा आफ्ना सेनाहरूले गल्ती गरेको स्वीकार गरेको बीबीसीले जनाएको छ । त्यस दिन रफाह नजिक प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटी (पीआरसीएस) का एम्बुलेन्स, संयुक्त राष्ट्रसङ्घको एक कार र…