काठमाडौं । इरानका सर्वोच्च नेता अली खामेनेईले पाँच वर्षमा पहिलोपल्ट राजधानी तेहरानमा शुक्रबार प्रार्थनासभा सम्बोधन गर्दै फारसी र अरबीमा उपदेश दिए । उनले इजरायलमाथि आक्रमण गर्ने अरब समूहलाई आफ्नो समर्थन रहेको बताए । यो भाषण इस्लामिक गणराज्यद्वारा इजरायलमाथि १ अक्टोबरमा गरिएको ठूलो मिसाइल आक्रमणपछि इरानविरुद्ध इजरायलले पनि जवाफी आक्रमण गर्न सक्ने आशंकामाझ आएको हो ।…