गाजामाथिको तीव्र आक्रमणले इजरायल अन्तर्राष्ट्रिय समुदायबाट एक्लिँदै

काठमाडौं । गाजा युद्धकाबीच इजरायल अन्तर्राष्ट्रिय रुपमा एक्लिँदै गएको छ । बेल्जियम, स्पेन, फ्रान्स, क्यानाडा, अष्ट्रेलिया लगायत देशहरूले प्यालेस्टाइनलाई स्वतन्त्र देशको मान्यता दिने तयारी गरिरहेका छन् । बेल्जियमले वेस्ट बैंकका यहूदी बस्तिहरूबाट आयातमा प्रतिबन्ध, चरमपन्थी मन्त्रीहरूलाई अवाञ्छित घोषणा, र बस्तिमा बस्ने आफ्ना नागरिकहरूलाई कन्सुलर सेवा नदिने निर्णय गरिसकेको बीबीसीले जनाएको छ । स्पेनले पनि इजरायली…