काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले दक्षिण सुडानमा बढ्दो हिंसाको निन्दा गर्दै सबै पक्षलाई तत्काल सैन्य कारबाही रोक्न र वार्तामार्फत तनाव कम गर्न आह्वान गरेका छन् । महासचिवका उपप्रवक्ता फरहान हकले विज्ञप्तिमार्फत दक्षिण सुडानमा बढ्दो हिंसाका कारण चरम मानवीय सङ्कट सिर्जना भएको र दुई तिहाइभन्दा बढी जनसंख्यालाई जीवन बचाउने मानवीय सहयोग आवश्यक रहेको उल्लेख…