थाहा नगरपलिकामा प्लाष्टिकको फूल बिक्री गर्न नपाइने

हेटौंडा । मकवानपुरको थाहा नगरपलिकाले नगर क्षेत्रमा प्लाष्टिकको फूल बिक्री, वितरण एवम् प्रयोगमा रोक लगाएको छ । स्थानीय उत्पादनलाई प्रोत्साहित गर्न भन्दै नगरपालिकाले प्लाष्टिकको फूल बिक्री, वितरण एवम् प्रयोगमा रोक लगाएको हो । प्राकृतिक फूलमालाको प्रयोग गर्न आग्रह गर्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले सूचना सार्वजनिक गरेका हुन् । "यस सूचना विपरीत कार्य गरेको…