सन्दीपलाई थुनामा राख्न माग गर्दै सर्वोच्चमा निवेदन

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई थुना राखेर कारबाही गर्नुपर्ने माग गर्दै महान्यायाधिवक्ता कार्यालयले मंगलबार सर्वोच्च अदालतमा निवेदन दिएको छ । लामिछानेलाई धरौटीमा छाड्ने पाटन उच्च अदालतको आदेश त्रुटिपूर्ण रहेको उल्लेख गर्दै महान्यायाधिवक्ता कार्यालय सर्वोच्च पुगेको हो । महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता संजीवराज रेग्मीका अनुसार उच्च अदालत पाटनले धरौटीमा छाड्न गरेको आदेश कानुनी हिसाबले मिलेको छैन ।…