खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको अल्छेढुंगामा रहेकाे जनजाती संग्रहालयको भवन अलपत्र परेको छ । २०६७ सालमा निर्माण सुरु गरिएको आदिवासी जनजाति संग्रहालयको भवन निर्माणको काम आर्थिक अनियमितताका कारण सुरुवाती चरणमै अलपत्र परेको हो । तत्कालीन भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष जयबहादुर राई, भवन निर्माणको जिम्मा लिएका विष्णुराज राई र भक्तकर्ण राईले कोषाध्यक्षको कीर्ते…