काठमाडौं । साउन महिनाको दोस्रो हप्ता बितिसक्दा देशभर ८० प्रतिशत मात्रै रोपाई भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाअनुसार अहिलेसम्म देशभर ८० प्रतिशत रोपाइ भएको हो । जुन अघिल्लो वर्षको तुलनामा ८ दशमलव ८ प्रतिशतले कम हो । मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलका अनुसार गत वर्ष यहि समयमा ८८ दशमलव ८ प्रतिशत रोपाई थियो ।…