ज्वाला सिंहले मालपोत कर्मचारीको मिलेमतोमा बेचे जग्गा

सिरहा । राजनीतिक आवरणमा आपराधिक गतिविधि गरिरहेको आरोपमा प्रहरीको सर्वाधिक खोजीको सूचीका व्यक्ति जिल्लाको मुख्य प्रशासनिक केन्द्रमा रहेको मालपोत कार्यालयमा आएर आफ्नो नाममा रहेको जग्गा सुटुक बेचेको खुलेको छ । प्रहरीको सर्वाधिक खोजी गरिरहेको जनतान्त्रिक तराई मुक्ति मोर्चा (ज्वाला सिंह)का अध्यक्षसमेत रहेका सिरहा नगरपालिका–७ का नागेन्द्रकुमार पासवान (ज्वाला सिंह)ले जिल्ला सदरमुकाम सिरहामा रहेको भूमिसुधार तथा…