कार्यालय नआउने १२ प्रहरी जवान सेवाबाट बर्खास्त हुने

काठमाडौं । प्रहरी प्रधान कार्यालयले लामो समयदेखि कार्यालयमा नआएका १२ प्रहरी जवानलाई सेवाबाट बर्खास्त गर्ने चेतावनी दिएको छ । केही महिनादेखि सम्बन्धित कार्यालयमा हाजिर नभएका तथा खोजबिन गर्दा पनि सम्पर्कमा नआएका ती १२ जनालाई सात दिनभित्र स्पष्टिकरण पेश गर्न भनिएको छ । सम्पर्कमा नआएमा सेवाबाट हटाइने चेतावनी पनि मंगलबार जारी गरिएको सार्वजनिक सूचनामा उल्लेख छ…