५० हजार घुससहित प्रधानाध्यापक र व्यवस्थापन समिति अध्यक्ष पक्राउ

जनकपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–१ स्थित एकडारा माविका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई आज बेलुका रु ५० हजार घुससहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रधानाध्यापक रामदिनेश मण्डल र व्यवस्थापन समिति अध्यक्ष विनोद पासवान रहेको अख्तियार दुरुपायोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले जनाएको छ । विद्यालयमा भवन निर्माणसम्बन्धी कामका लागि…