काठमाडौं । ‘जेनजी’को प्रदर्शनका क्रममा कारागारमा तोडफोड र आगजनी गरेर भागेका मध्ये सात हजार ६२७ कैदीबन्दी अझै फरार छन् । गएको भदौ २४ गते उग्र प्रदर्शनका क्रममा देशभरका धेरै कारागारबाट कैदीबन्दी भागेका थिए । कारागार व्यवस्था विभागको तथ्यांककानुसार, देशभरका २८ कारागार र नौ सुधारगृहबाट कैदी तथा थुनुवा भागेका थिए । त्यस दिन कुल १४ हजार…