काठमाडौं । लाल सागरमा समुद्रमुनिको तार काटिँदा एशिया र मध्यपूर्वका केही भागहरूमा इन्टरनेट पहुँच अवरुद्ध भएको विज्ञहरूले बताएका छन् । यमनका हुथी विद्रोहीहरूले लाल सागरमा सञ्चालन गर्ने अभियान अन्तर्गत तारहरूलाई लक्षित गरेको आशङ्का गरेको समाचार संस्था एपीले जनाएको छ । यसलाई गाजामा हमासविरुद्धको युद्ध अन्त्य गर्न इजरायलमाथि दबाव दिने प्रयासका रूपमा व्याख्या गरिएको छ ।…