काठमाडौं । बंगलादेशमा मोबाइल डेटाको पछिल्लो संस्करण फाइभजी सेवा शुरू भएको छ । देशका दुई ठूला दूरसञ्चार कम्पनी ग्रामीणफोन र रोबी आक्जिएटाले हिजोदेखि प्रमुख शहरहरूमा व्यावसायिक रूपमा फाइभजीको सीमित रूपमा शुरुआत गरेका बंगलादेशी सञ्चारमाध्यमले जनाएका छन् । यसलाई बङ्गलादेशको डिजिटल रूपान्तरणमा महत्त्वपूर्ण कदम भएको उल्लेख गरिएको छ । शुरूमा परीक्षणको आधारमा चुनिएका क्षेत्रहरूमा शुरू गरिएको…