काठमाडौं । वाणिज्य बैंकहरूले कात्तिक महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक विवरण अनुसार बैंकहरूको अधिकतम औसत ब्याजदर असोज महिनाको तुलनामा घटेको छ । व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर शून्य दशमलव २६ प्रतिशत विन्दु घटेको हो । सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १४ वटाले ब्याजदर घटाउँदा औसत ब्याजदर घट्न पुगेको हो ।…