काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र नेपाल राष्ट्र बैंकको संयुक्त टोलीले प्रभु बैंकमा छापा मारेको छ । गम्भीर आर्थिक अपचलनको उजुरीका आधारमा प्रभु समूहका अध्यक्ष देवीप्रसाद भट्टचन पक्राउ परेपछि अनुसन्धानका लागि आवश्यक कागजात छानबिन गर्न बैंकमा छापा मारिएको हो । सीआईबी प्रमुख एआईजी डा. मनोजकुमार केसीले शुक्रबार साँझ बैंकमा छापा मारिएको पुष्टि…