विदेशी विनिमय सञ्चिति २४ खर्ब माथि, घट्याे महँगी

काठमाडौं । चालू आर्थिक वर्षको चैत मसान्तसम्म कुल विदेशी विनिमय सञ्चिति २४ खर्बमाथि रहेको छ । २०८१ चैत मसान्तमा यस्तो सञ्चिति २४२६ अर्ब ८४ करोड पुगेको हो । २०८१ असार मसान्तमा २०४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति रहेको थियो । यस अवधिमा १८.९ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ…