काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा ५ हजार एक सय रुपैयाँले घटेर २ लाख ८६ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन तोलामा २ लाख ९१ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ…