अन्नपूर्ण आधार शिविर क्षेत्रमा सुरक्षाकर्मीको टोली परिचालन

म्याग्दी । मौसममा आएको खराबी र हिमपातका कारण अन्नपूर्ण प्रथम आधार शिविर क्षेत्रमा पुगेका पर्यटकको सहजीकरणका लागि सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको अन्नपूर्ण आधार शिविर क्षेत्रमा गएरातिदेखि हिमपात भइरहेको छ । अत्यधिक पर्यटक पुगेको र सञ्चारको पहुँच समेत नभएको अवस्थामा पर्यटक बिरामी पर्ने तथा अलपत्र पर्ने जोखिम भएकाले गाउँपालिकासँगको समन्वयमा…