काठमाडौँ। मानव तस्करीको जोखिममा परेका ४ सय नेपाली नागरिकलाई एक वर्षको अवधिमा कम्बोडियाबाट उद्धार गरिएको छ। भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा मंगलबार आयोजित मानव बेचबिखनविरुद्धको कार्यक्रममा मानव बेचबिखन अनुसन्धान ब्युरोका एसएसपी नकुल पोखरेलले आर्थिक वर्ष २०८२-८३ मा ठूलो संख्यामा नेपाली नागरिकको उद्धार गरिएको जानकारी दिएका हुन्। उनका अनुसार उक्त अवधिमा कम्बोडियाबाट उद्धार गरिएकामध्ये ३८२ जना पुरुष…