म्यानपावर व्यवसायीका माग ४५ दिनभित्र सम्बोधन गर्ने सरकारको प्रतिबद्धता

काठमाडौँ । वैदेशिक रोजगार व्यवसायीहरूले अघि सारेका मागमा सरकार र व्यवसायीबीच सहमति जुटेपछि म्यानपावर व्यवसायीले घोषणा गरेका आन्दोलनका कार्यक्रम स्थगित भएका छन्। युवा, श्रम तथा रोजगार मन्त्रालय र नेपाल वैदेशिक रोजगार व्यवसायी संघबीच भएको छलफलमा व्यवसायीका मागलाई ४५ दिनभित्र सम्बोधन गर्ने समझदारी बनेको हो। समझदारीपछि व्यवसायीहरूले भोलिदेखि नियमित रूपमा कार्यालय सञ्चालन गर्ने संघले जनाएको छ।…