सभापति देउवाद्वारा म्याग्दी महोत्सव उद्घाटन

म्याग्दी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बेनीमा आइतबारदेखि सुरु भएको आठौं म्याग्दी महोत्सवको उद्घाटन गरेका छन् । बेनीमा आजदेखि आगामी माघ ८ गतेसम्म सञ्चालन हुने आठौं म्याग्दी महोत्सव तथा माघे सङ्क्रान्ति मेलाको सभापति देउवाले उद्घाटन गरेका हुन् । जिल्लाको पर्यटन प्रवर्द्धन, कला संस्कृतिको संरक्षण, कृषि तथा स्थानीय उत्पादनको बजारीकरण र आर्थिक कारोबारलाई चलायमान बनाउने…