सिमेन्टको मूल्यवृद्धिसँगै कालो बजारी

काठमाडौं । विद्युत् महसुलको बक्यौता असुल्न उद्योगीहरुले नयाँ उपाय सुझाएका छन् । निर्माणको सिजनमा कम उत्पादन गर्ने र मूल्य वृद्धि गर्ने उपाय उद्योगीहरुले निकालेका छन् । उद्योगीहरुले यो उपाय बैंककको एउटा होटलमा बसेर निकालेको बताइएको छ । सिमेन्ट उद्योगीहरुले निरन्तर मूल्यवृद्धि गरिरहेका छन् । पुस मसान्तसम्म प्रति बोरा ७५० रुपैयाँ पु¥याउने उनीहरुको योजना छ ।…