काठमाडौं । वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकका परिवारले पाउने राहत रकम वृद्धि भएको छ । सरकारले मृतक श्रमिकको परिवारलाई दिँदै आएको राहत ७ लाखबाट बढाएर १० लाख रुपैयाँ पुर्याएको हो । यसअघि वैदेशिक रोजगारीमा पुगेर मृत्यु भएका श्रमिकका परिवारले ७ लाख पाउँदै आएका थिए । असोज १८ गते मन्त्रिपरिषद्ले वैदेशिक रोजगार नियमावली संशोधन पारित गरेसँगै…