सहकारीका कारण नेपालको अर्थतन्त्रमा सुस्तता आएको हो : नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेलले सहकारी समस्याका कारण नेपालको अर्थतन्त्रमा सुस्तता आएको बताएका छन् । नेपाल विद्यार्थी सङ्घको केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने गण्डकी प्रदेशका विद्यार्थीले आज यहाँ आयोजना गरेको नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान कार्यक्रममा नेता पौडेलले सहकारीका कारण नेपालको अर्थतन्त्रमा समस्या आएको बताए । “नेपालको अर्थतन्त्र सहकारीभित्रको अव्यवस्थितताले सुस्त भएको…