कास्की । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा अवस्थित मर्दी हिमाल पदमार्गमा गएका एक विदेशी पर्यटक सम्पर्कविहीन भएका छन् । पदयात्राका क्रममा स्विडेनका नागरिक २० वर्षीय मिचल लिउ ब्लोम्बर्ग शनिवार बिहानदेखि सम्पर्कविहीन भएपछि खोजी शुरू गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पदमार्गको हाई क्याम्पबाट मर्दी आधार शिविरतर्फ जान शनिवार बिहान ४ बजे होटलबाट उठेर गएका…