काठमाडौं । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा आयोजनास्थल रहेको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजना निर्माणको प्रक्रिया अगाडि बढ्ने भएको छ । एक हजार ६१ मेगावाट क्षमताको सो आयोजना निर्माण अगाडि बढाउन सरकार र दातृ निकायबीच उच्च तहको प्रतिबद्धता व्यक्त भएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, अर्थमन्त्री डा प्रकाशशरण महत, सङ्खुवासभाका सङ्घीय सांसद दीपक खड्का,…