यो सिजनमा ८ हजार पाँच सय पर्यटकले गरे मनास्लु क्षेत्रको भ्रमण

गोरखा । चालू आर्थिक वर्षको साउनयता आठ हजार पाँच सय ४४ पर्यटकले गोरखाको मनास्लु क्षेत्र अवलोकन गरेका छन् । मनास्लु क्षेत्रमा गएको कात्तिकमा चार हजार दुई सय ४७ पर्यटक भित्रिएका मनास्लु संरक्षण क्षेत्र आयोजनाले जनाएको छ । आयोजनाका प्रमुख सन्तोष शेरचनका अनुसार असोजमा तीन हजार चार सय ४२, भदौमा सात सय ७९ र साउनमा ७६…