काठमाडौं । मेची भन्सार कार्यालयबाट सात महिनामा ८ अर्ब ६१ करोड २० लाख ७ हजार बराबरको अलैंची निर्यात भएको छ । साउनदेखि माघ मसान्तसम्ममा ४ हजार १ सय ५३.१५ मेट्रिकटन अलैंची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिए । निर्यात रकमका हिसाबले यो अघिल्लो वर्षको त्यही अवधिको तुलनामा ५९.८० प्रतिशतले बढी…