शेयर बजारमा सुधार, नेप्सेमा दोहोरो अंकको वृद्धि

काठमाडौँ । लगातार दुई दिन ओरालो लागेको शेयर बजार सोमबार उकालो लागेको छ। नेप्से परिसूचक १२.०३ अंकले बढ्दै २,७६१.८६ विन्दुमा पुगेको छ। समूहगत हिसाबले हेर्दा ‘अन्य’ र ‘व्यापार’ बाहेकका सबै सूचक बढेका छन्। विशेषगरी बैंकिङ समूह १.५ प्रतिशतले उक्लिएको छ। आजको कारोबारमा १४३ कम्पनीको मूल्य बढ्दा १०६ कम्पनी घटेका छन् भने २ कम्पनी यथावत् रहे।…