काठमाडौं । सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमा १८ वटा सरकारी निकाय खारेजी तथा दुईलाई आपसमा गाभ्ने भएको छ । अनावश्यक प्रशासनिक खर्च घटाउन भन्दै संघीय सरकार मातहतका ती निकायलाई खारेजी तथा गाभिने बजेटमा उल्लेख छ । सोमबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमा…