राष्ट्रिय वाणिज्य बैंकमा व्यवस्थापन विरुद्ध कर्मचारी संघ आन्दोलनमा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकमा कर्मचारी सेवा विनियमावली विपरीत व्यवस्थापन चलेको भन्दै कर्मचारी आन्दोलनमा उत्रिएका छन् । बैंकको कर्मचारी यूनियन नेपाल वित्तीय संस्था कर्मचारी संघ व्यवस्थापन विरुद्ध आन्दोलित भएको हो । व्यवस्थापकीय सुधारका विभिन्न मागहरु राख्दै कर्मचारी यूनियनले व्यवस्थापनलाई ध्यानाकर्षण पत्र बुझाएको छ । आफ्ना मागहरु पुरा नगरे कडा भन्दा कडा आन्दोलन गर्ने संघले चेतावनी…