पर्यटन विकासमा लुम्बिनीको विशेष महत्व : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा, प्रख्याति र पर्यटन विकासमा लुम्बिनीको विशेष महत्व रहेको बताएका छन् । आज २५६७ औँ बुद्धजयन्तीका अवसरमा शुभकामना सन्देश दिँदै उनले लुम्बिनी विश्व शान्ति सहरको परिकल्पनालाई साकार रुप दिन प्रयास गर्नुपर्ने बताए । उनले लुम्बिनी सिद्धार्थ गौतम बुद्धको जन्मस्थल मात्र नभई बुद्धदर्शनको उद्मगस्थल भएकाले…