शेयर बजार साढे २२ अंकले बढ्दा सबै परिसूचकमा हरियाली

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार मापक परिसूचक नेप्से १.१८ प्रतिशतले उकालो लागेको छ । नेप्से २२.६५ अंकले बढेर १९४९.०६ को विन्दुमा पुगेको छ । यस दिन २५९ कम्पनीका एक अर्ब २७ करोड चार लाख २६१ रुपैयाँबराबरको ५१ लाख ८५ हजार ११४ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।…